कांग्रेसबाट सिफारिस राज्यमन्त्रीको शपथग्रहण आज



congress-flagकाठमाडौं, मंसिर १५

नेपाली कांग्रेसको तर्फबाट सरकारमा १० जना राज्यमन्त्री पठाइने भएको छ । कांग्रेसले १० जनाको नाम मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको छ ।

पार्टीले तय गरेको नामावली आफूले प्रधानमन्त्रीलाई दिएको गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिए ।

राज्यमन्त्रीका लागि दिइएका नाममा दीर्घसिंह भाट–भौतिक योजना तथा यातायात, सीताराम मेहता–वन, तारामान गुरुङ–स्वास्थ्य, सुरेन्द्र आचार्य–सिँचाइ, सुवर्ण ज्वारचन–सहरी विकास राज्यमन्त्री छन् ।

यस्तै, दिलिप गच्छदार–श्रम, इन्द्र बानियाँ–पर्यटन, दिपक खड्का–खानेपानी तथा सरसफाइ, कञ्चन वादे–उद्योग, मिठु मल्ल–वाणिज्य राज्यमन्त्रीमा सिफारिस गरिएका छन् ।

उनीहरुलाई बुधबार राज्यमन्त्रीमा नियुक्त गरी शपथग्रहण गराइने जनाइएको छ । राज्यमन्त्रीलाई प्रधानमन्त्रीले शपथ गराउने व्यवस्था रहेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र खुमबहादुर खड्काको भागबन्डामा राज्यमन्त्री चयन गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News