Deshko News
१३ आश्विन २०८०, शनिबार

यी हुन् आमिर खानका सुपरफ्लप फिल्म



amir-khan-111

काठमाण्डौ , मंसिर १५

‘मिस्टर परफेक्शनिस्ट’को उपमा पाएका आमिर खान वलिउडका सर्वाधिक कमाई गर्ने फिल्म दिने अभिनेता पर्छन् ।

रिलिजको तयारीमा रहेको फिल्म ‘दंगल’लाई लिएर उत्साहित पनि छन् अनि केहि नर्भस पनि छन्, वलिउड सुपरस्टार आमिर खान ।

दर्जनौं हिट फिल्म दिएका आमिरले यसअघि भने केहि यस्ता सुपरफ्लप फिल्म पनि खेलेका छ्न ।

जसको चर्चा कम छ, उनका धेरै फ्यानलाई ज्ञान कम हुनसक्छ । १९९० मा रिलिज अरुण भट्टको फिल्म ‘जवानी जिन्दावाद’ आमिरको फ्लप फिल्म मध्येको एक हो ।

त्यस्तै १९८९ मा रिलिज फिल्म ‘लभ लभ लभ’ अर्को प्लप सुचीमा छ भने १९९९ को ‘मन’ मा मनिषा कोईरालासँग देखिएका आमिरको उक्त फिल्म फ्लप भयो ।

यस्तै सन् २००० मा रिलिज ‘मेला’सँगै यश चोपडाको निर्देशन रहेको आमिरसँगैसैफ अली खान, विनोद खन्ना, रविना टंडन, सुनिल दत्त स्टारर उनको फिल्म पनि फ्लप सुचीमा छ ।

यस्तै ‘बाजी’ , तुम मेरे हे’, ‘आतंक ही आतंक’, दौलत की जंग, अब्बल नम्बर जस्ता फिल्म पनि वक्सअफिसमा फ्लप सुचीमा छन् ।

प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News