पूर्वका तीन जिल्लामा सञ्चार सेवा अवरुद्ध



sanchar-abarudddaखोटाङ, मंसिर १६

नेपाल टेलिकमको चित्रेथान टावरमा समस्या आएपछि पूर्वका खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा सञ्चार सेवा अवरुद्ध भएको छ ।उदयपुरको नामेटार गाविसमा रहेको चित्रेथान टावरको रेडियो लिङ्कमा खराबी आउँदा टेलिकमद्वारा वितरित ल्यान्डलाइन, नमस्ते तथा स्काई फोन एडिएसएल र वाईम्याक्स सेवा अवरुद्ध भएको हो ।

सवै सञ्चार सेवा अवरुद्ध भएपछि तीन वटै जिल्लाका लाखौँ सेवाग्राही मारमा परेका छन् ।सञ्चार सेवा अवरुद्ध भएपछि तीनै जिल्लाका बैंक तथा विभिन्न वित्तिय संस्था समेत प्रभावित भएका छन् ।

तीन वटै जिल्लाका लागि जडान गरिएको चित्रेथान टावर यस अघि पनि पटक पटक अवरुद्ध हुने गरेको नेपाल टेलिकम खोटाङका प्रमुख भरोसी साहले बताए । पटक पटक अवरुद्ध हुने गरेको चित्रेथान टावरलाई व्यवस्थित गर्न सम्बन्धित निकायबाट पहल हुन नसकेको उनकाे भनाइ छ ।

तत्काल सञ्चालनमा ल्याउन प्राविधिक टोली खटाइएको नेपाल टेलिकम राजविराजका प्रमुख राजेन्द्रप्रसाद यादवले जानकारी दिए । “ अवरुद्ध सञ्चार सेवा चाँडै सञ्चालनमा आउने छ,” उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News