कामना फिल्म अवार्डमा ‘पशुपतिप्रसाद’ उत्कृष्ट


 


pasupati-prasadकाठमाडौं, मंसिर १९

राजधानीमा सम्पन्न कामना फिल्म अवार्डमा ‘पशुपतिप्रसाद’ फिल्मले बर्ष २०७२ को उत्कृष्ट फिल्मको अवार्ड जितेको छ ।

प्रेमगीत, क्लासिक, वडा नम्बर छ र कबड्डी कबड्डीलाई पछि पार्दै ‘पशुपतिप्रसाद’ उत्कृष्ट बन्दा सोहि फिल्मबाट दिपेन्द्र के खनालले निर्देशकको पनि अवार्ड उचाले ।

यस्तै ‘पशुपतिप्रसाद’ले उत्कृष्ट कथा, पटकथा र खलपात्रमा पनि अवार्ड जितेको छ ।

खलपात्रमा विपिन कार्की (भष्मे डन) उत्कृष्ट बने । उता बर्ष २०७२ को उत्कृष्ट अभिनेताको अवार्ड फन्को फिल्मबाट सौगात मल्लले जितेका छन् भने अभिनेत्रीतर्फ क्लासिक फिल्मबाट नम्रता श्रेष्ठ उत्कृष्ट ठहरिईन् ।

उत्कृष्ट संवादको अवार्ड फिल्म कबड्डी कबड्डीले पाएको छ भने डेब्यू अभिनेतामा नाई नभन्नु ल ४ बाट पल शाहले अवार्ड पाउँदा साम्राज्ञीराज्य लक्ष्मी शाहले ड्रिम्सबाट डेब्यू अभिनेत्रीको अवार्ड जितिन् ।

यस्तै उत्कृष्ट द्वन्द्व निर्देशकको अवार्ड भैरवबाट हिमाल केसीले जितेका छन् भने डेब्यू निर्देशकको अवार्ड ड्रिम्सबाट भुवन केसीले जिते ।

अर्जुन पोखरेलले प्रेमगीतमा भरेको संगीत उत्कृष्ट कहलिँदा सह अभिनेत्रीको अवार्ड प्रियंका कार्कीले क्लासिकबाट पाईन भने सह अभिनेताको अवार्ड सरोज खनालले प्रेमगीतबाट उचाले ।

प्रियंकाले भोटिङबाट निर्धारण भएको पपुलर च्वाईसको अवार्ड समेत जित्न सफल भईन् । करिब ५ घण्टा चलेको अवार्ड समारोहमा फिल्म तथा वित्तिय क्षेत्रका विशिष्ट व्याक्तिहरुको सहभागीता थियो ।

प्रकाशित मिति: १९ मंसिर २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्