ऐश्वर्या रायले आत्महत्या गरेको झुटाे समाचार भाइरल


 


aishwarya-rayaबलिउडकी निकै सुन्दरी नायिका ऐश्वर्या राय बच्चनले आत्महत्या गरेको झुटो समाचार एकाएक भारतीय सोसल मिडिया र मेसेजिङ एपमा भाइरल भएको एक भारतीय समाचार एजेन्सीले जानकारी दिएको छ ।

झुटो समाचारका अनुसार ४३ वर्षीया ब्यूटी क्विनले बेहोस बनाउने औषधीको अत्यधिक प्रयोग गरी आत्महत्याको प्रयास गरेकी हुन् । श्रीमान् अभिषेक बच्चनको परिवारसँग निरन्तर झगडा भइरहेका कारण उनले डिप्रेसनमा यस्तो कदम चालेको बताइएको थियो । उनले एक म्यागजिनका लागि रणबीर कपुरसँग गराएको हट फोटोसुटका कारण बच्चन परिवार रुष्ट भएको सेमत ती झुटा समाचारले लेखेका छन् ।

उक्त निराधार समाचारका अनुसार बच्चन परिवारले ऐश्वर्यालाई आत्महत्याको लागि प्रयास गरिरहेका बेला भेटेका थिए ।

ती ब्लगले डाक्टरलाई उद्धृत गर्दै ऐश्वर्या चेतनामा फर्किसकेपछिको भनाई उल्लेख गर्दै भन्यो, ‘मलाई मर्न दिनुहोस्, यस्तो जीवन बाँच्नुभन्दा त म मरेकै जाती ।’ अब ऐश्वर्याले यस्तो झुटो समाचारमा कस्तो प्रतिक्रिया दिने हुन् त्यो हेर्न बाँकी नै छ ।

प्रकाशित मिति: १९ मंसिर २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्