इजरायली वैज्ञानिकहरुले बनाए शुक्रकिट र डिम्बविना मानव भ्रूण


 


इजरायली वैज्ञानिकहरुले शुक्रकिट तथा डिम्बको प्रयोगबिना मानव भ्रूण बनाएका छन् ।

इजरायलको विजम्यान इन्स्टिच्युटका वैज्ञानिकहरुले स्टेम कोशिकाको प्रयोग गरी सुरुआती अवस्थाको मानव प्रतिरुप तयार पारेका हुन् ।

प्रयोगशालामा तयार पारिएको सो भ्रूणले हर्मोनहरु समेत उत्सर्जन गरेको र गर्भ परीक्षणमा समेत पोजेटिभ देखिएको थियो ।

वैज्ञानिकहरुले प्रयोगशालामा कृत्रिम मानव भ्रूणको मोडेल तयार पार्नुको उद्देश्य जीवनको सुरुवाती क्षणहरुको बारेमा नैतिक ढंगले बुझ्नमा सहयोग गर्नु रहेको बताइएको छ ।

यो बेला भ्रूण खेर जाने वा बच्चामा विभिन्न खालका शारीरिक विकारहरु आउने समय पनि हो । विजम्यान इन्स्टिच्युट अफ साइन्सका प्राध्यापक ज्याकब हान्नाका अनुसार यो चरण ब्लाकबक्स जस्तै हो, जसको बारेमा हामीलाई निकै सीमित मात्रै जानकारी छ ।

भ्रूण अध्ययनको विषय कानुनी, नैतिक तथा प्राविधिक रुपमै जटिल तथा संवेदनशील विषय हो । तर पछिल्लो समयमा प्राकृतिक भ्रूण विकासलाई जस्ताको तस्तै प्रस्तुत गर्नसक्ने प्रविधिको तीव्र विकास भैरहेको छ ।

इजरायली वैज्ञानिकहरुले विकास गरेको पछिल्लो कृत्रिम भ्रूण सुरुआती मानव भ्रूणका सबै प्रमुख संरचनाहरू देखाउने पहिलो पूर्ण स्वरुपको मानव भ्रूणको मोडेल भएको नेचर जर्नलमा प्रकाशित शोधमा उल्लेख छ ।
(बीबीसी

प्रकाशित मिति: २१ भाद्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्