Deshko News
१८ आश्विन २०८०, बिहिबार

२४ घण्टा नबित्दै प्रकाश सपुतको गीत ट्रेन्डिङ नम्बर एकमा



काठमाडौं, भदौ २४ । गायक प्रकाश सपुतको शब्द र संगीतमा ‘जाले रुमाल फाट्यो’ बोलको तीज गीत सार्वजनिक गरिएको २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको एक नम्बरमा उक्लिएको छ।

अपलोड भएको १७ घण्टामै एक नम्बरमा आएको गीत करिब ८ लाख बढीले हेरिसकेका छन्। यो गीत प्रकाशकै यसअघिको गीत ‘कुरा बुझ्न पर्च’ को दोस्रो भाग हो।

गीतमा गायिका समीक्षा अधिकारीले स्वर दिएकी छन् भने सुदीप सागरले संगीत संयोजन गरेका छन्। गीतले महिलामाथि हुने विभेद अन्त्यका लागि कानुन प्रभावकारी हुनुपर्ने सन्देश दिन खोजिएको छ।

गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का, आँचल शर्मा, अभिनेता गौरव पहारी, विशाल पहारी, रोमा बिष्ट, बद्री पुडासैनी, पुष्प अवस्थी, नवराज उप्रेती, अञ्जली खड्का र स्वयं सपुतको अभिनय छ।

प्रकाशित मिति: २४ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News