Deshko News
६ आश्विन २०८०, शनिबार

प्रकाश सपुतले हटाए ‘जाली रुमाल फाट्यो’को भद्दा सम्वाद



काठमाडौं, भदौ २६ । गायक प्रकाश सपुतले ‘जाली रुमाल फाट्यो’ बोलको गीतमा रहेको ‘भद्दा’ सम्वाद हटाएका छन् ।

गीतको भिडियोको अन्त्यमा सपूत र स्वस्तिमा कार्कीबीच रहेको संवाद ‘भद्दा’ भयो भनेर विवाद चर्चिएपछि उनले गीतबाट उक्त संवाद हटाएका हुन् ।

दुई वर्षअघि ल्याएको ‘कुरा बुज्नु पर्च’ को सिक्वेलका रूपमा ल्याएको गीतको भिडियोको अन्तिममा गायक सपुतले अभिनेत्री स्वस्तिमा खड्कालाई प्याड दिएपछिको सम्वाद हटाएका छन् । दृश्य भने यथावत छ ।

गीतको भिडिओमा आँचल शर्मा, गौरव पहाडी लगायतको पनि अभिनय छ ।

प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News