घाइते भएपछि पाकिस्तानका खेलाडी नसिम शाह एसिया कपबाट बाहिरिए


 


कोलम्बो । भारतविरुद्धको सुपर फोर खेलका क्रममा चोट लागेर घाइते भएका पाकिस्तानका तीव्र गतिका बलर नसिम शाह एसिया कपबाट बाहिरिएका छन् ।

आगामी महिनाबाट सुरु हुने एकदिवसीय विश्वकपलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाइएको जनाएको छ । उनको स्थानमा जमान खानलाई टोलीमा बोलाइएको छ ।

जमानले पाकिस्तानको टोलीसँग प्रशिक्षकसमेत सुरु गरिसकेको पीसीबीको भनाई छ ।

भारतविरुद्धको खेलमा रिजर्भ डेमा बलिङ नगरेका ह्यारिस राउफको पनि स्वास्थ्यमा सुधार भइरहेको बोर्डले जानकारी दिएको छ । टोली भारतसँग २२८ रनको विशाल अन्तरले पराजित भएको थियो ।

प्रकाशित मिति: २८ भाद्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्