एसिया कप क्रिकेटमा आज भारत र बंगलादेश भिड्दै


 


काठमाडौं, भदौ २९ । एसिया कप क्रिकेटको सुपर फोरमा आज भारत र बंगलादेश भिड्दैछन् ।

श्रीलंकाको कोलम्बोमा अपरान्ह सवा ३ बजे खेल सुरु हुनेछ । लगातार दुई जितसहित फाइनलमा पुगिसकेको भारत र लगातार दुई हारसहित सुपर फोरबाट बाहिरिसकेको बंगलादेशबिचको आजको खेल औपचारिकता मात्रै हुनेछ ।

एसिया कप क्रिकेटको फाइनल खेल आगामी आइतवार भारत र श्रीलंकाबीच हुनेछ । हिजो भएको निर्णायक खेलमा पाकिस्तानलाई अन्तिम बलमा हराउँदै श्रीलंकाले भारत विरुद्धको फाइनल खेल तय गरेको हो ।

प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्