तामिलताडूका मुख्यमन्त्री जयललिताको निधन


 


नयाँदिल्ली, मंसिर २१

jaya-lalitaभारतको दक्षिणी भागमा पर्ने तामिलनाडू राज्यका नेत्री तथा मुख्यमन्त्री जयराम जयाललितको स्थानीय समायानुसार सोमबार राति ११ः३० मा निधन भएको छ ।

दक्षिण भारतकी प्रख्यात अभिनेत्रीसमेत रहनु भएका जयललिताको ६८ बर्षको उमेरमा सोमबार निधन भएको हो । गत सेप्टेम्बर २२ देखि नै ज्वरो, शरीरमा पानीको कमी र श्वासप्रश्वासमा समस्याको कारण अस्पताल भर्ना हुनु भएका जयललितालाई आइतबार हृदयघात भएको थियो ।

हृदयघातको कारण उहाँको अवस्था गम्भीर भएपछि उहाँले अलेपो अस्पतालको सघन उपचार केन्द्रमा सारिएको थियो । हृदयघातपछि गरिएको शल्यक्रिया पश्चात पनि उहाँ अवस्था गम्भीर नै रहेको र सोमबार राति निधन भएको थियो ।

चेन्नइको प्रान्तीय राजधानीमा रहेको अपोलो अस्पतालमा मुख्यमन्त्री जयललिताको वरिष्ठ चिकित्सकको टोली लागेर उपचार भइरहेको थियो । चलचित्रका नायिकालगायत सफल भूमिकापछि राजनीतिमा प्रवेश गर्नुभएकी जयाललिता आइतबार राति हृदयघातबाट पीडित हुनुभएको हो ।

उहाँ आफ्नो सफल चलचित्र नायिका भूमिका हुदाँहुदै पनि राजनीतिमा प्रवेश गर्नुभएको थियो । उहाँले तामिल भाषाबाट बनाइएका करिब १५० वटा चलचित्रमा अभिनय गर्नुभएको थियो । जयललिताले १३ बर्षको उमेरबाट चलचित्रमा अभिनय गर्न सुरु गर्नु भएको थियो ।

उहाँले कैयौ पटक तामिलनाडू राज्यको मुख्यमन्त्रीको पद सम्हाली सक्नुभएको छ । आफ्ना समर्थकबीच ‘अम्मा’को नामबाट परिचित उहाँले सन् १९८० को सुरुबाट नै राजनीतिमा जीवन सुरु गर्नुभएको थियो । तामिल नाडू राज्यको अतिप्रिय अम्माको निधनबाट सारा तामिल नाडू नै वियोगमा डुबेको छ ।

पछिल्लो पटक सन् २०११ को मे महिनाबाट उहाँ तामिलनाडूको मुख्य मन्त्रीको पदमा हुनुहुनथियो । सन् २०१४ मा जयललितालाई भष्टाचारको मुद्दामा दोष ठहर गरिएको र पछि उहाँले सफाई पाउनु भएपछि मुख्यमन्त्रीमा नै फर्किनु भएको थियो ।

जयललिताको निधनपछि तामिल नाडू राज्यमा सात दिनको शोकको घोषणा गरिएको छ भने बिद्यालय र विश्वबिद्यालयमा तीन दिनको विद्याको घोषणा गरिएको छ ।
उहाँको निधनप्रति भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुख व्यक्त गर्नु भएको छ । जयललिताले महिला र गरिब र उत्पीडन समूदायमाथि देखाउनु भएको श्रद्धाले उहाँ सधै प्रेरणाको स्रोतको रुप रहनु हुने मोदीले बताउनु भएको छ ।

प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्