Deshko News
६ आश्विन २०८०, शनिबार

दीपक–दीपाश्रीले सञ्चालनमा ल्याए ‘आईएनआई सिनेमा हल’



काठमाडौं, भदौ २९ । कलाकार तथा निर्देशक दीपकराज गिरी, दीपाश्री निरौलालगायतले आज (शुक्रबार)देखि आईएनआई सिनेमा हल सञ्चालनमा ल्याएका छन् ।

काठमाडौंको नयाँ बानेश्वरमा एक कार्यक्रम आयोजना गरी हल सञ्चालनमा ल्याइएको हो ।

पछिल्लो समय नेपाली रजतपटमा सफल जोडीका रूपमा रहेको दीपक र दीपाश्री एवं उनीहरूको समूहले सिनेमा हल निर्माण गरेर सञ्चालनमा ल्याएका हुन् ।

दुईवटा स्कृन रहने सिनेमा हलमा चार सय सिट छन् । निर्माण लागत करिब १० करोड रहेको दीपकले बताए । सिनेमा हलमा दीपकसँगै दीपाश्री, निर्मल शर्मालगायत ‘छक्का पञ्जा’ टिम र सञ्चारकर्मी प्रभात रिमालको कम्पनीको लगानी रहेको बताइएको छ ।

प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News