इन्डोनेशियामा शक्तिशाली भूकम्प


 


bhukampaकाठमाण्डौ, मंसिर २२

इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण कयौं भवन भत्किएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

समाचार एजेन्सीहरुका अनुसार आचेह प्रान्तमा स्थानीय समयअनुसार बिहान ५ः०३ बजे ६.४ तीब्रता मापन गरिएको भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन ।

स्थानीय संचारमाध्यमले एकजनाको मृत्यु भएको जनाएका छन् । कयौं मानिस घरको भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।

स्थानीयहरु आफ्नो घर छाडेर खुला आकाशमुनी आश्रय लिएर बसिरहेका छन् ।

प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्