Deshko News
६ आश्विन २०८०, शनिबार

पोखरामा सर्वाधिक राशीको फुटसल प्रतियोगिता हुने



पोखरा, भदौ ३१ । पोखरामा नेपालकै सर्वाधिक राशीको दोस्रो राष्ट्रिय खुला फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।

राजन एण्ड द ब्रदर्सले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै असोज २७ गतेदेखि ३० गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।

‘परिवर्तनका लागि खेलकुद’ नारा दिइएको उक्त फुटसल प्रतियोगिता पोखरा रंगशालास्थित कभर्ड हलमा हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताका लागि आयोजकले पोखराकै स्पोर्टस् क्यासलसँग सहकार्य गर्ने जानकारी दिएको छ ।

आयोजकले अघिल्लो वर्ष ३ लाख रुपैयाँ राशीको राष्ट्रिय खुला फुटसल प्रतियोगिता गरेको थियो । आयोजकका तर्फबाट खेलेका ४ जना खेलाडी राष्ट्रिय फुटसल टिममा परेकाले आफूहरुलाई हौसल मिलेको प्रतियोगिता संयोजक राजन गुरुङले जानकारी दिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ तथा उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडीले समान २५÷२५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा भाग लिन २५ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ ।

प्रकाशित मिति: ३१ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News