Deshko News
१६ आश्विन २०८०, मंगलबार

एसियन गेम्समा डेव्यु गर्दै नेपाली महिला फुटबल टोली, आज चीन प्रस्थान



काठमाडौं, असोज १ । १९औं एसियन गेम्समा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली चीन प्रस्थान गरेको छ ।

चीनको हान्झाउमा यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९औं एसियन गेम्समार्फत नेपाली महिला फुटबल टोलीले एसियन गेम्समा डेब्यु गर्दैछ ।

रेनुका नगरकोटीको कप्तानीमा रहेको नेपाली टोलीको बालगोपाल महर्जन मुख्य प्रशिक्षक छन् ।

१९औं एसियाडमा महिला फुटबल प्रतियोगिता भने २१ सेप्टेम्बरदेखि सुरु हुनेछ । नेपाल रहेको समूह ‘डी’मा विश्वकप खेलिसकेको जापान र भियतनामसहित साफ च्याम्पियनसिपको विजेता बंगलादेश छ । जापान विश्वकप विजेता समेत हो ।

नेपालले आफ्नो पहिलो खेल भियतनामसँग २२ सेप्टेम्बरमा खेल्नेछ । यस्तै विश्व विजेता जापानसँग २५ सेप्टेम्बर तथा बंगलादेशसँग २८ सेप्टेम्बरमा खेल्नेछ ।

नेपालले केही समयअघि बंगलादेश विरुद्धको दुई खेलको मैत्रीपूर्ण सिरिज जितेको थियो । यस्तै पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलको एसियन छनोटमा नेपालले भियतनामसँग घरेलु मैदानमा दुई खेल खेलेको थियो भने दुवैमा पराजित भएको थियो ।

प्रकाशित मिति: १ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News