ऋचा शर्मा र भोलाराज अभिनित चलचित्र ‘कौसिद’को ट्रेलर सार्वजनिक


 


काठमाडौं, असोज १ । ऋचा शर्मा र भोलाराज सापकोटा अभिनित चलचित्र ‘कौसिद’को ट्रेलर सार्वजनिक गरिएको छ।

चलचित्र विजया दशमीको अवसर पारेर प्रदर्शनमा ल्याउन लागिएको छ । असोज २६ गतेबाट प्रदर्शनमा आउने चलचित्रका निर्माता केदार भुषाल हुन्।

चलचित्रलाई कुमार भास्करले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई,सन्दीप लोहनी लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रका कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह–निर्मातामा लक्ष्मण बानियाँ छन् ।

चलचित्रमा नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको कथा रहेको छ । निसाल पौडेलले छायांकन गरेको चलचित्रमा भीम विश्वकर्माको सम्पादन,सुदीप श्रेष्ठको कलर रहेको छ । चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ।

प्रकाशित मिति: १ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्