संविधान संशोधन प्रस्तावको विरोधमा एमालेको यस्तो छ तयारी



काठमाडौं, मंसिर २७

सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा रहेको नेकपा एमालेका भातृ संगठनहरुले आज राजधानीमा दौड जुलुस निकाल्ने तयारी गरेको छ ।

संशोधनको प्रस्तावको विरोधमा आज माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म दौड प्रदर्शन गर्न लागिएको अनेरास्ववियुकी अध्यक्ष नबिना लामाले जानकारी दिइन  ।

विरोध प्रदर्शनमा एमालेका सबै भातृ संगठनको सहभागीता रहने बताइएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधनको विरोधले एमालेले मुलुकभर विभिन्न चरणको आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News