पुष्पा बस्नेत बनिन् सीएनएन सुपर हिरो


 


काठमाडाैं, मंसिर २७

नेपाली समाजसेवी पुष्पा बस्नेतले सीएनएन सुपर हिरोको उपाधि प्राप्त गरेकी छन्। यसअघि सीएनएन हिरो घोषित पाँच जनालार्इ पछि पार्दै उनी सुपर हिराे बनेकी हुन्। फेसबुक र ट्वीटरमार्फत भएकाे भाेटिङका अाधारमा सुपर हिराे छनाेट गरिएकाे सीएनएनले जनाएकाे छ।

अमेरिकी टेलिभिजन सीएनएनले ‘सीएनएन हिरो’ अवार्ड प्रदान गरेको १० वर्ष पुगेको अवसरमा सुपर हिरो अवार्ड अायाेजना गरेकाे हाे। साेमबार भएकाे अवार्ड घाेषणा कार्यक्रममा उपाधिसँगै पुष्पालार्इ ५० हजार अमेरिकी डलर नगद पुरस्कार समेत प्रदान गरिएकाे जनाइएकाे छ।

उक्त अवार्डमा नेपालकी समाजसेवी र यसअघिकी सिएनएन हिराेकाे उपाधि विजेता पुष्पा बस्नेत पनि मनाेनयनमा परेककी थिइन्।

प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन गर्दैै आएकी उनी २०१२ मा सीएनएन हिरो घोषित भएकी थिइन् र ५० हजार डलर पुरस्कार प्राप्त गरेकी थिइन्।

उक्त रकमकाे लगानीमा उनले उनले बुढानिलकण्ठ नजिकै बालबालिकाका लागि ‘पुतली घर‘ निर्माण गरेकी छन् । निर्माण कार्य पूरा नहुँदै २०७२ वैशाख १२ मा अाएकाे भूकम्पले उक्त भवनमा क्षति पुगेकाे थियाे।

प्रकाशित मिति: २७ मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्