संविधान संशोधन प्रस्ताव फिर्ता लिए सहमति हुन्छ-ओली


 


नेपालगन्ज, मंसिर २७

नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले पहिचानका नाममा जनता अल्मल्याउने र उनीहरुलाई अन्धकारमा राखी राजनीति गर्नेहरुले मुलुक बिगारेको टिप्पणी गरेका छन् ।

प्रेस चौतारी, बाँकेद्वारा सोमबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले वर्गका नाममा पार्टी खोल्ने अनि जातीय राजनीति गरेर नेपाली–नेपालीबीच द्वेष फैलाउने नेताहरुकै कारण मुलुक राजनीतिको भुमरीमा फस्दै गएको बताएका छन ।
साथै संविधान संशोधन प्रस्ताव फिर्ता लिए सहमति हुने ओलीले बताएका छन । जनताका प्रतिनिधिले बनाएको संविधानको विरोध गर्नेहरुले नै संविधान संशोधनको नाममा मुलुकलाई द्वन्द्वमा फसाउन चाहेको टिप्पणी गर्दै उनले सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावले जनतालाई रुवाएको  बताएका छन  ।

प्रकाशित मिति: २७ मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्