एउटै घटनामा एसएसपी र डीएसपीको छुट्टाछुट्टै छानबिन समिति

काठमाडौं, मंसिर २८
ट्याक्सी चालक राजकुमार लामाको मृत्यु र त्यसपछि उत्पन्न विवादमा गोकर्णेश्वर १३ नयाँ बस्तीमा भएको प्रहरी कार्यालय तोडफोड र प्रहरीमाथि भएको अमानवीय व्यवहारको घटनाबारे छानबिन गर्न प्रहरीले दुई ओटा छानबिन समिति बनाएको छ ।
महानगरीय प्रहरी आयुक्तको कार्यालयले महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सर्वेन्द्र खनाल र काठमाडौं प्रहरी परिसरले डीएसपी सिद्धीविक्रम शाहको नेतृत्वमा छानबिन समिति बनाएको हो । आजको राजधानी दैनिमा सामाचार छ ।
प्रकाशित मिति: २८ मंसिर २०७३, मंगलबार