संविधान संशोधनका पक्षमा उभिन नैतिक बन्धन नरहेको राप्रपाको निष्कर्ष


 


काठमाडौँ, मङ्सिर २८
राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संविधान संशोधन प्रस्ताव ल्याउने बेलामा आफूहरुसँग परामर्श नगरिएकाले त्यसको पक्षमा उभिन नैतिक बन्धन नरहेको निष्कर्ष निकालेको छ ।

रापपाका अध्यक्ष कमल थापाको अध्यक्षतामा धूम्रवाराहीस्थित पार्टी कार्यालयमा आज बसेको बैठकले संविधान संशोधन विधेयकले प्रदेश नं ५ का जनताको भावनामा असर पुर्याएको, मधेसी मोर्चा र प्रमुख प्रतिपक्षदललगायतलाई असन्तुष्टि बढाएको भन्दै नयाँ शिराबाट दलहरुकाबीच समझदारी कायम गर्नुपर्ने माग गरेको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा स्थानीय तहको पार्टी एकीकरणको प्रतिवेदनअनुसार ५५ जिल्लामा एकीकरण भएको, १२ जिल्लामा विवादका कारण एकीकरण हुन नसकेको र आठ जिल्लामा एकीकरण गर्न बाँकी रहेको जानकारी गराइएको छ । विवादित जिल्लामा राप्रपा र राप्रपा नेपालका नेताले एक÷एक महिनाको समय अवधिमा आलो पालो प्राणलीबाट नेतृत्व लिने निर्णय बैठकमा भएको छ । आजको राजधानी दैनिकमा सामाचार छ ।

प्रकाशित मिति: २८ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्