सुदूरपश्चिम टुक्र्याउन थारु साँसदको गोप्य भेला



काठमाडौं, मंसिर २८
नेपाली कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक फोरमलगात पार्टीका थारू सांसदहरुले गोप्य बैठक गरी कैलाली र कञ्चनपुरलाई ५ नम्बर प्रदेशमा गाभ्नुपर्ने अडान राखेका छन्।
कैलाली र कञ्चनपुरलाई ५ नम्बरमा नराखी संशोधन प्रस्ताव संसदमा प्रस्तुत गरिए पार्टी ह्विप उल्लंघन गरी विरोधमा उत्रने सहमति पनि उनीहरुले गरेका छन् ।
थारु सांसदले आइतबार माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा गोप्य बैठक गरी संविधान संशोधन प्रस्तावमा आफूहरु एक ठाउँमा उभिन सहमति गरेका हुन् ।
उनीहरुले बुधबार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने भएका छन्।
ज्ञापनपत्रमा उनीहरुले कैलाली र कञ्चनपुरलाई ५ नम्बरमा राख्न माग गर्न अन्य पार्टीका शीर्ष नेताहरुसँग पनि भेटघाट गर्ने भएका छन्। उनीहरुले नवलपरासीलाई टुक्र्याउन नपाइने सर्त पनि राख्ने भएका छन्। आजको नागरिक दैनिकमा सामाचार छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News