नेपाल टेलिकमले ल्यायो दशैंमा ग्रुप एसएमएसमा नयाँ अफर


 


काठमाडौं, कार्तिक ३ । दूरसञ्चार कम्पनी नेपाल टेलिकमले दशैंको अवसरमा ग्रुप एसएमएसका लागि नयाँ अफर ल्याएको छ ।

कम्पनीले शुक्रवार विज्ञप्ति जारी गर्दै प्रति एसएमएस ५० पैसामा पठाउन सकिने अफर ल्याएको हो । योसँगै एक हजार रुपैयाँमा दुई हजार एसएमएस दुई दिनभित्र पठाउन सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै दुई हजार ५०० रुपैयाँमा पाँच दिनभित्रमा पाँच हजार एसएमएस पठाउन सकिने छ । यसैगरी पाँच हजार रुपैयाँमा १० दिनभित्र १० हजार एसएमएस पठाउन सकिने छ ।

नेपाल टेलिकमको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनै पनि कर समावेश नभएको कम्पनीले उल्लेख गरेको छ ।

यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको आफ्नो नाममा रहेको नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्नुपर्नेछ । पठाउने एसएमएसमा प्रयोग भएका शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति स्वयम् पूर्ण जिम्मेवार हुनुपर्ने छ कम्पनीको भनाइ छ ।

यो सेवा प्रयोग गर्नका लागि यहाँ क्लिक गरेर लगइन गरी प्याकेज खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो मोबाइलबाट ग्रुप एसएमएस पठाउनका लागि आफ्नो कन्ट्याक्टमा भएका नम्बरहरू एक्सेल सिटमार्फत् अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

एक्सेल सिटमार्फत एक पटकमा १ हजार नम्बरहरूलाई पठाउन सकिने भएकाले एक हजारभन्दा बढीका लागि फेरी यही प्रक्रिया दोहोर्‍याई आफूले चाहे बमोजिमका मोबाइल नम्बरमा सन्देश पठाउन सकिन्छ ।

ग्रुप एसएमएस मार्फत आफ्नै मोबाइल नम्बर देखिने गरी १० हजारसम्म मोबाइल नम्बरमा एसएमएस पठाउन सकिन्छ ।

प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्