प्रमुख तीन दलका शिर्ष नेताहरु छलफलमा जुट्दै
काठमाडौं मंसीर २८
प्रमुख तीनदलका शिर्ष नेताहरु राजनीतिक गतिरोध अन्त्यका लागि छलफलमा जुटेका छन् ।
सत्तामपक्षको माओवादी केन्द्र, नेपाली कांग्रेस र प्रतिपक्षमा रहेको एमालेका शीर्ष नेताहरुले सामुहिक छलफलबाट मध्यमार्गी बाटो खोज्ने गरि मंगलबार बिहान ९ बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अग्रसरतामा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसोधन प्रस्ताव टुङ्गो लगाएर समाधानका लागी मध्यमार्गी बाटो खोज्ने विषयमा छलफल हुनेछ ।
प्रकाशित मिति: २८ मंसिर २०७३, मंगलबार