एलेप्पो शहरका विद्रोहीले कब्जामा राखेका सर्वसाधारणलाई बाहिर निकालिँदै


 


काठमाडाैं, मंसिर ३०

सिरियाको पूर्वी एलेप्पो शहरका विद्रोहीले कब्जामा राखेका सर्वसाधारणलाई आजबाट बाहिर निकालिने भएको छ ।

द्वन्द्वग्रस्त क्षेत्रमा फसेकाहरुलाई बाहिर निकाल्न त्यहाँका विद्रोही सहमत भएका छन् । विद्रोहीले कब्जामा परेका लडाकु र सर्वसाधारणलाई आजबाट बाहिर निकाल्ने सम्भावना रहेको जनाएका छन् ।

यसअघि मंगलबार भएको सम्झौता भने अर्थहीन भएको थियो । सम्झौताअनुसार विद्रोहीको कब्जामा रहेकाहरुलाई बुधबार बाहिर निकाल्ने भनिएको थियो ।

तर सम्झौतालगत्तै युद्धविरामको अन्त्य भएपछि त्यो प्रयास सफल भएको थिएन । विद्रोही समूहले केहीघण्टामै फसेकाहरुलाई बाहिर निकाल्न सुरु गरिने जानकारी दिएका छन् ।

सरकारी अधिकारीहरुले एलेप्पोमा कम्तिमा १५ हजार सर्वसाधारण बाहिर निकाल्ने अनुमति दिने बताएका छन् । तर विद्रोहीका एक प्रवक्ताले घाइतेहरुलाई मात्र बाहिर जान दिइने बताएका छन् ।

प्रकाशित मिति: ३० मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्