भ्लादिमिर पुटिन विश्वकै शक्तिशाली व्यक्ति, कति औं मा परे मोदी ?



एजेन्सी ।

फोबर्स पत्रिकाले सार्वजनिक गरेको सन् २०१६ को विश्वका शक्तिशाली व्यक्तिहरुको सूचीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन प्रथम स्थानमा परेका छन् । यस सँगै उनी लगातार चौथो पटक विश्वकै शक्तिशाली व्यक्तिको सूचिमा पर्न सफल भएका छन् ।

फोब्र्स पत्रिकाले सार्वजनिक गरेको सूचीमा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो स्थानमा, जर्मन चान्सलर एन्जेला मर्केल तेस्रो स्थानमा तथा चीनका राष्ट्रपति सि जिनपिङ चौथो स्थानमा रहेका छन् ।

इसाई धर्मगुरु पोप फ्रान्सिस पाँचौ स्थानमा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नवौं र फेसबुकका संस्थापक मार्क जुकरबर्ग १० औं स्थानमा रहेका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामा भने सूचिको ४८ औं स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News