विद्रोहीले कब्जामा राखेका ३ हजारभन्दा बढी सर्वसाधारण बाहिर निकालिए



काठमाडौं, पुस १

विद्रोही नियन्त्रित सिरियाको एलेप्पोमा फसेका ३ हजारभन्दा बढी सर्वसाधारणलाई बाहिर निकालिएको छ । अन्तर्राष्ट्रिय रेडक्रसले विद्रोहीको नियन्त्रणमा रहेको एलेप्पोमा फसेकाहरुलाई सकुशल बाहिर निकालिएको जनाएको छ ।

रुसी सेनाको सहयोगमा सिरियाली सेनाले विद्रोहीको कब्जामा रहेको क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएपछि फसेका सर्वसाधारणलाई निकालिएको हो ।

फसेका अन्यलाई पनि निकाल्ने काम भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो क्षेत्रमा विद्रोहीले करिब चार वर्षदेखि कब्जा गर्दै आएका थिए ।

त्यहाँका स्थानीयलाईसमेत उनीहरुले बन्धकजस्तै बनाएर राखेका थिए । रुसी रक्षा मन्त्रालयले उद्धार गरिएका घाइते, सर्वसाधारण र लडाकुलाई इदलिब प्रान्तमा राखिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News