‘बान्द्रे’ बैवाहिक बन्धनमा


 


काठमाडाैं, पुस १

चर्चित हाँस्य कलाकार एसपी चापागाईं ‘बान्द्रे’ बैवाहिक बन्धनमा बाधिएका छन् । मेरी बास्सैबाट चर्चित बनेका ३२ बर्षीय यी अभिनेताले बुधबार काठमाडौं, चण्डोलकी उषा तिमल्सिनासँग लगनगाँठाे कसेका हुन् ।

झापाका बान्द्रे र तिमल्सिनाबिच प्रेम विवाह भएकाे हाे । बिहिबार बान्द्रेले आफन्त र कलाकर्मी सहकर्मीहरुलाई काठमाडौंको एक पार्टी प्यालेसमा पार्टी दिएका थिए।

पार्टीमा उनले अपांगता भएका बालबालिकाको शिक्षाका लागि काम गर्ने संस्थालाई पचास हजार रुपैयाँ हस्तान्तरण गरेका थिए। बान्द्रे र उषाबीच करिब एक वर्षअघि भेट भएको थियो।

बान्द्रेको निर्देशनमा बनेको फिल्म ‘स्कुल’ प्रदर्शनका लागि स्कुल चहार्ने क्रममा गोंगबुस्थित एक स्कुलमा भेट भएको बान्द्रेले बताए। जहाँ, उषा पढाउँथिन्।

प्रकाशित मिति: १ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्