चीनबाट अर्को महामारी संसारभर फैलिँदै


 


काठमाडौं । केही दिनयता चीनमा श्वासप्रश्वाससम्बन्धी रोग निमोनिया फैलिएको छ ।

यसलाई सामान्य माइकोप्लाज्मा निमोनिया संक्रमण भनिएको छ । यो रहस्यमय निमोनियालाई ‘ह्वाइट लङ सिन्ड्रोम’ नाम दिइएको छ ।

ह्वाइट लङ सिन्ड्रोमबाट प्रभावित हुँदा फोक्सोमा सेतो दाग देखिन थाल्छ । यो रोगका कारण फोक्सोमा सुन्निने हुन्छ ।

जसकारण फोक्सो र श्वासप्रश्वास प्रणालीमा समस्या आउन सक्छ । यो सुरुमा हल्का हुन्छ, तर पछि गम्भीर हुन सक्छ। छिमेकी देश भारतमा पनि यो रोगबारे अलर्ट जारी गरिएको छ ।

यो रोगले प्रायः ३ देखि ८ वर्षका बालबालिकालाई असर गर्छ। यो रोग कसरी सर्छ भन्ने ठोस कारण भने अहिलेसम्म पत्ता लागेको छैन ।

कतिपयले यो रोगको कारण माइकोप्लाज्मा निमोनिया ब्याक्टेरियाबाट हुने संक्रमण भएको बताएका छन् ।

यस संक्रमणका कारण फोक्सो प्रभावित हुन्छ । तर, अहिलेसम्म चीनमा बालबालिकामा हुने श्वासप्रश्वाससम्बन्धी रोगबीच कुनै सम्बन्ध भेटिएको छैन। अब अमेरिका र डेनमार्कमा पनि बालबालिकामा निमोनियाका घटनाहरू देखा परेका छन् ।

चीनपछि अमेरिकाको ओहायो राज्यमा बालबालिकामा निमोनियाको संक्रमण देखिएको हो । अमेरिकाबाहेक डेनमार्क र नेदरल्याण्डमा पनि यसका केसहरू रिपोर्ट भइरहेका छन्। चार वर्षअघि चीनको बुहान सहरबाट कोरोना भाइरस महामारी संसारभर फैलिएको थियो ।

जसकारण विश्व नै दुई तीन वर्षसम्म लकडाउनमा परेको थियो । लाखौं मानिसको मृत्यु र करोडौं मानिस विरामी बनेका थिए ।

चीनले भने आफ्नो देशमा पाँच हजारको मात्र मृत्यु भएको दाबी गरेको थियो । विश्वले खर्बौं बराबरको क्षति बेहोरेको थियो ।

प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्