पिकनिक हिँडेका विद्यार्थी चढेको बस दुर्घटना


 


काठमाडौं, पुस, २
दक्षिणकाली नगरपालिकाको लामागाउँमा विद्यार्थी चढेको बस दुर्घटना मा परेको छ ।
दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
ललितपुरस्थित क्यारेबियन कलेजका विद्यार्थी चढेर पिनिक जाँदै गरेको बा २ ख ६९२२ नम्बरको बस फर्पिङ — कुलेखानी सडकको लामागाउँ भन्ने स्थानबाट करिब सय फिट तल खसेर दुर्घटना भएको हो ।

एकजना विद्यार्थीको घटनास्थलमै ज्यान गएको र अन्य केही घाइते भएको प्रत्यक्षदर्शीको भनाइ छ । मृतकको सनाखत भएको छैन ।

कलेजका प्रमुख विष्णु शर्माले पिकनिकका लागि दक्षिणकाली जाँदै गर्दा बस दुर्घटना भएको बताए ।

उनका अनुसार अन्य घाइतेहरुलाई फर्पिङस्थित मनमोहन अस्पताल र दुईजनालाई बीर अस्पतालको ट्रमा सेन्टरमा उपचारका लागि पु¥याइएको छ ।

प्रकाशित मिति: २ पुस २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्