घिसिङको समर्थनमा राजधानीमा र्याली


 


काठमाडौं, पुस, २

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा आज राजधानीमा र्याली निकालेको छ ।

‘भ्रष्टहरुको जालो तोड्दै लोडसेडिङको अन्त्य गरौँ, कमिसनखोरको पञ्जाबाट प्राधिकरण मुक्त गरौं’ भन्ने नारासहित उज्यालो नेपालको आयोजना र विवेकशील नेपाली को व्यवस्थापनमा प्रदर्शन भएको हो ।

भृकुटी मण्डपबाट सुरु भएको र्याली खुल्लामञ्चमा पुगेर साँस्कृतिक कार्यक्रममा परिणत भएको थियो । विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएलगत्तै उपत्यकामा लोडसेडिङ हटाएर घिसिङ पछिल्लो समय चर्चामा रहेका छन ।

यसअघि लोडसेडिङ मुक्त अभियानमा बाधा र्पुयाएको भन्दै ऊर्जा मन्त्रालयले विद्युत प्राधिकरणका तीन जना सञ्चालकसँग स्पष्टिकरण पनि मागेको थियो ।

प्रकाशित मिति: २ पुस २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्