वैदेशिक रोजगारमा जाने कामदारको पूर्व श्रम स्वीकृति आजदेखि अनलाइनबाटै हुने


 


काठमाडौं, पुस, ३

वैदेशिक रोजगारमा जाने कामदारको पूर्व श्रम स्वीकृति आइतबारदेखि अनलाइनबाटै हुने भएको छ । अनलाइन प्रणालीको अन्तराष्ट्रिय आप्रवासी कामदार दिवशको अवसरमा श्रम तथा रोजगार मन्त्री सुर्यमान गुरुङले उद्घाटन गर्ने छन । ।

अव म्यानपावर व्यवसायीले वैदेशिक रोजगारमा जाने कामदारको पूर्व स्वीकृति अनलाइनबाटै लिन सक्ने छन् । आजबाट पूर्व स्वीकृति लिएका कामदारको अनलाइनबाटै अर्को हप्तादेखि अन्तीम श्रम स्वीकृति पनि हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।

अनलाइन प्रणाली तयार गर्न श्रम तथा रोजगार मन्त्रालयबाट १ करोड २० लाखमा ठेक्का पाएको ब्रेन डिजिट आइटी सोलुसनले संस्थागत तर्फको सिस्टम श्रम विभागको ताहचल कार्यालयलाई बुझाएको हो ।

व्यक्तिगत तर्फको श्रम स्वीकृति भने अनलाइन प्रणालीबाट गर्न समय लाग्ने भएको छ । माघ १ गतेदेखि कार्यन्वयनमा आउने भएपनि ठेक्केदार कम्पनी र मन्त्रालयबिच लफडा सुरु भएको छ । श्रम मन्त्रालयले समयमा सिस्टम तयार नगरेपछि शुक्रबार ब्रेन डिजिट आइटी सोलुसनलाई बोलाएर तयार गर्ने समय मागेको थियो ।

तर आइटी सोलुसनले अहिलेकै बजेटमा काम गर्न नसकिने जनाएको छ । श्रम मन्त्रालय श्रोतका अनुसार प्रक्रियागत ढंगबाट थप बजेट नमागेकाले मन्त्रालयले के गर्ने भन्ने निर्णय गर्न सकेको छैन । सम्झौता भन्दा फरक काम गर्नु परेको आइटी सोलुसनको दावी छ ।

व्यक्तिगत श्रम स्वीकृति लिन नयाँ कामदारलाई समस्या नभएपनि पुरानालाई समस्या हुने भएपछि सिस्टम परिवर्तन गर्न लागिएको हो । अहिलेको सिस्टममा पुरानाले तालिम लिनु नपर्ने र रि इन्ट्री गर्नु पर्ने भएकाले सिस्टम परिवर्तन गर्नु परेको हो ।

प्रकाशित मिति: ३ पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्