फेसबुकको मूल कम्पनी मेटा विरुद्ध ५५० मिलियन यूरोको मुद्दा दायर


 


काठमाडौं । एक स्पेनिस समूहले सोमबार फेसबुक र इन्स्टाग्राम जस्ता लोकप्रिय सामाजिक सञ्जालको मूल कम्पनी मेटाविरुद्ध ५५० मिलियन युरो बराबरको मुद्दा दायर गरेको छ ।

मेटाले व्यक्तिगत डाटा सुरक्षासँग सम्बन्धित यूरोपीय संघ ९ईयू० नियमहरू उल्लङ्घन गरेको मिडिया समूहले आरोप लगाएको छ ।

फ्रान्सेली समाचार एजेन्सीका अनुसार मेटामाथि मे २०२८ देखि जुलाई २०२३ सम्म आफ्नो प्लेटफर्महरूमा प्रयोगकर्ताहरूबाट व्यक्तिगत डाटाको “व्यवस्थित” निकासीमा संलग्न भएको आरोप छ।

सो रिपोर्टले एल पाइस प्रकाशक प्रिसा र एबीसी मालिक भोसेन्टो लगायत प्रमुख स्पेनी मिडिया कम्पनीहरू मुद्दा दायर गर्ने संघको हिस्सा रहेको खुलासा गरेको छ।

एएमआईका अध्यक्ष जोसे जोलीले मेटाले व्यक्तिगत डाटा सुरक्षाका नियमहरूलाई बेवास्ता गरेर विज्ञापन बजारमा आफ्नो प्रभुत्व कायम गर्दा स्पेनी मिडियालाई ठूलो नोक्सान बेहोर्नुपरेको छ र उनीहरूको स्थिरतालाई जोखिममा राखेको बताएका छन् ।

प्रकाशित मिति: २१ मंसिर २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्