राष्ट्रसंघका महासचिव बान कि मुनले दक्षिण कोरियाको राष्ट्रपतिमा उम्मेदवारी दिने



एजेन्सी ।
संयुक्त राष्ट्रसंघका निवर्तमान महासचिव बान की मुन दक्षिण कोरियाको राष्ट्रपति पदमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
संयुक्त राष्ट्रसङ्घबाट बिदा हुन केही दिन बाँकी रहँदा मुनले राष्ट्रसङ्घ प्रमुखका रुपमा ‘अन्तिम पत्रकार सम्मेलन’ गर्दै दक्षिण कोरियामा राजनीतिक समस्या पैदा भएको र यस अवस्थामा आफूले दक्षिण कोरियाको राष्ट्रपतिका रुपमा प्रतिस्पर्धा गर्न सक्ने बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरियाली राजनीतिमा बानकी पुनः संलग्नताको सम्भावनालाई बताउँदै उनले भने – “मैले अझै १५ दिन राष्ट्रसङ्घमा बिताउन बाँकी छ । म अहिले पनि संयुक्त राष्ट्रसङ्घको महासचिव हुँ । राष्ट्रसङ्घबाट बिदा भएपछि केही समय आराम गर्ने र त्यसपछि कोरिया फर्किने योजना छ ।”

कोरियामा फर्केपछि आफुले राजनीतिक नेतृत्वसहित सकेसम्म धेरै जनतासंग भेट गर्ने र आफ्नो राष्ट्रका लागि गम्भीर रुपमा सोचेर विचार लिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News