Deshko News
८ आश्विन २०८०, सोमबार

नेकपा एमालेले वितण्डा मच्चाउन खोज्यो – प्रधानमन्त्री



विराटनगर ,पुस ३

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनअघि संसदको निर्वाचन गराऔं भन्नु वितण्डा भएको बताएका छन्।

विराटनगर विमानस्थलमा प्रेस सेन्टर मोरङद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले संविधानमै नभएको विषय ल्याएर प्रतिपक्षी नेकपा एमालेले वितण्डा मच्चाउन खोजेको आरोप लगाए।

पहिले स्थानीय तहकै हुनुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले राज्य पुनसंरचना आयोगले अबको दुई/तीन दिनमा प्रतिवेदन बुझाउने र त्यसपछि निर्वाचनका लागि सरकारले तयारी गर्ने बताए।

पहिले संसदको केन्द्रीय निर्वाचन गर्नुपर्छ भन्ने विषयमा गम्भीर षड्यन्त्र लुकेको भन्दै प्रचण्डले त्यस्तो गर्नुपर्छ भनेर जोड गर्नु भनेको संविधानलाई असफल बनाउने खेल हुन सक्ने आशंका गरे।

वैधानिक सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव संसदबाटै पारित हुने प्रचण्डको दाबी छ।

प्रकाशित मिति: ३ पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News