चीनलाई ट्रम्पको चुनौती, अब के गर्ला चीन ?


 


एजेन्सी ।

नवनिर्वाचि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई ठाडो चुनौती दिएका छन् ।

चीनले गत बिहीबार दक्षिणी चिनियाँ सागरबाट नियन्त्रणमा लिएको अमेरिकी नौसेनाको समुद्री ड्रोन अमेरिकालाई फिर्ता गर्ने भनेपछि ट्रम्पले सो विमान चीनलाई आफैं राख्न चुनौती दिएका हुन् ।
ट्रम्पले चीनलाई सो ड्रोन चोरेको आरोप लगाउँदै आफैँ राख्न चुनौती दिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्पले भनेका छन् ‘हामी चीनले चोरेको ड्रोन फिर्ता लिन चाहँदैनौ जसरी चीनले चोरेको थियो त्यसरी आफैं राखोस् ।’

यस अघि अमेरिकी रक्षा विभाग पेन्टागनले चीनले नियन्त्रणमा लिएको ड्रोन फिर्ता गर्ने तयारी गरिरहेको बताएको थियो ।

पेन्टागनका अनुसार बिहीबार चीनले नियन्त्रणमा लिएको सो ड्रोन फिर्ता गर्ने सहमति भइसकेको छ ।

प्रकाशित मिति: ३ पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्