भारतको पञ्जावमा सन्नी देओल हराएको सूचना


 


काठमाडौं । भारतमा बलिउड अभिनेता सन्नी देओल हराएको सूचना प्रकाशित गरिएको छ ।

उनीप्रति रुष्ट पञ्जाबका मानिसहरूलेसन्नी देओल हराएको सूचना प्रकाशित गरेका हुन् । साथै उनलाई फेला पार्नेलाई ५० हजार रुपैयाँ पुरस्कार घोषणा पनि गरिएको छ ।

सन्नी देओल अर्थात सन्नी गुरदासपुर–पठानकोट लोकसभा सिटबाट निर्वाचित भाजपा सांसद हुन् । तर सांसद बनेदेखि जिल्लामा नदेखिएको र विकासको काम पनि नगरेको भन्दै स्थानीय रुष्ट छन् ।

पठानकोट जिल्लाको हलका भोआका मानिसहरूले सरना बसपार्कमा सन्नी हराएको पोस्टर लगाउँदै आक्रोश व्यक्त गरेका हुन् । यसअघि हल्का पठानकोट र सुजनापुरमा पनि सन्नी हराएको पोस्टर लगाइएको थियो ।

प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्