सहमतिका लागि सभामुखले सामुहिक छलफलको पहल गर्दै


 


काठमाडौं पुस ४
सभामुख ओनसरी घर्तीले दलहरुलाई सहमतिमा ल्याउन सामुहिक छलफल सुरु गर्ने भएकी छन् ।

यसअघि एक्ला एकलै छलफल गरेकी घर्तीले सत्तापक्ष र प्रतिपक्षबीच विवाद चर्किएका बेला सोमबार प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक डाकेकी छन् ।

संविधान संशोधन विधेयक दर्ता गराउने सरकारी कदमको विरोधमा प्रमुख विपक्षी एमालेसहितका आठ दलले निरन्तर संसद् अवरोध गरिरहेका बेला सभामुखले सत्तापक्ष–प्रतिपक्षका शीर्ष नेताहरूलाई एकै ठाउँमा राख्न गरेको यो दोस्रो प्रयास हो ।

यसअघि मंसिर २३ मा तीन दलका शीर्ष नेताको बैठक डाक्दा प्रधानमन्त्री पुष्पकमल दाहालले समय दिएका थिएनन् । दाहालले समय नदिएपछि सभामुख घर्तीले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग छुट्टाछुट्टै छलफल गरेकी थिइन् ।

छलफलमा दुवै नेताले संवादबाटै सदनको गतिरोध अन्त्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति: ४ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्