युवा संघका अध्यक्षको गोली हानी हत्या


 


बुटवल, पुस ४

 नेकपा एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानेर हत्या भएको छ । उनलाई देवदह बजारस्थित घर नजिकै अज्ञात समूहले गोली हानेको थियो ।

गोली लागेर तिवारीको मृत्यु भएको युवा संघका प्रवक्ता प्रभात कटवालले  उपाध्यक्ष जानकारी दिए। रातो पल्सर मोटरसाइकल चढेर आएका गोली चलाउने युवकले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

प्रहरीका अनुसार गोली चलाएको आरोपमा मनोज राना पुन पक्राउ परेका छन् ।

अहिले युवासंघको आपतकालीन बैठक बोलाइएको छ ।

रातो पल्सर मोटरसाइकलमा चढेका दुईजना व्यक्तिले तिवारीलाई गोली हानेर फरार भएका थिए । गोली लागेर घाइते तिवारीलार्इ देवदह मेडिकल कलेजमा लगिएको थियो ।

रुपन्देही प्रहरीका एसपी रविन्द्र धानुकले गोली हान्ने समूहको पहिचान नभएको र खोजी कार्यलाई तिव्रता दिइएको जानकारी दिए । उनका अनुसार भारतसँग जोडिएका बेलहिया लगायतका सबै नाका शिल गरिएको र सम्भावित स्थानमा खोजी तिव्र पारिएको छ ।

घटनाबारे बुझ्न पश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआईजी कमलसिंह बम पनि पोखराबाट बुटवल आउँदैछन् ।

प्रकाशित मिति: ४ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्