डीआईजी बढुवाविरुद्ध अदालत जाँदै दुई एसएसपी



काठमाडौं, पुस ५
प्रहरी नायब महानिरीक्षक (डीआइजी)को बढुवामा अन्याय भएको भन्दै दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अदालत जाने भएका छन् ।

बढुवाको सिफारिसमा नपरेका एसएसपीद्वय लब विष्ट र बलराम शर्मा पौडेलले न्यायका लागि अदालत जाने निर्णय लिएका हुन् ।

बढुवा समितिले केही दिनअघि मात्रै एसएसपी गणेश केसी, रमेश भट्टराई र केदारमान सिंह भण्डारीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।

सो सिफारिसमा आफूहरूमाथि गम्भीर घात हुनुका साथै कार्यसम्पादन मूल्यांकनसमेत नभएको कारण न्यायका लागि अदालत जाने निर्णय गरिएको विष्ट र पौडेलको भनाइ छ ।

बढुवामा नपरेका एसएसपी विष्टले सिफारिस आपत्तिजनक रहेको बताए । कामलाई भन्दा अन्य विषयलाई नै प्राथमिकता दिई बढुवाको सिफारिस गरेका कारण अदालत जानुपर्ने बाध्यता आएको विष्टको भनाइ छ । आजको राजधानी दैनिकमा सामाचार छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News