‘मिस अर्थ २०२३’ को ताज अल्बानियाकी द्रिताले जितिन्


 


काठमाडौँ, पुस ७ । ‘मिस अर्थ २०२३’ को ताज अल्बानियाकी द्रिता जिरीले जितेकी छन् ।

भियतनामको होचिमिन्ह सहरमा शुक्रवार सम्पन्न प्रतियोगितामा ८४ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् ।

प्रतियोगितामा फिलिपिन्सकी एलना अदुआना फस्ट रनर अप र ‘मिस अर्थ एयर’ घोषित हुँदा भियतनामकी दोथी लाना सेकेन्ड रनर अप बन्दै ‘मिस अर्थ वाटर’ बन्न सफल रहिन् ।

प्रतियोगितामा थर्ड रनर अप र ‘मिस अर्थ फायर’ को उपाधि भने थाइल्यान्डकी कोरा ब्लिअल्टले हात पारिन् ।

यो वर्ष प्रतियोगितामा ८५ देशको सहभागिता रहेको थियो । यो पटकको प्रतियोगितामा बार्बाडियन गायक शोन्टेल, भियतनामी गायक जेकी, मोनो र सारा लुउले प्रस्तुति दिएका थिए ।

नेपालबाट सहभागी ‘मिस नेपाल अर्थ २०२३’ रेना मजगैयाँ अन्तिम २० मा पनि पुग्न नसकेर बाहिरिइन् ।

प्रकाशित मिति: ७ पुस २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्