विधान कुल्चदै देउवा


 


काठमाडौँ,पुस ५
गुटबन्दी अन्त्य गर्दै पार्टीलाई विधिविधानअनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवाले नेपाली काँग्रेसको नेतृत्व सम्हालेको नौ महिना बितेको छ तर दुई महिनाभित्र गठन गर्नुपर्ने निकायसमेत गठन हुन सकेको छैन ।

१३ औँ महाधिवेशनअघिसम्म स्पष्ट दुई गुटमा विभाजित कांग्रेस अहिले आधा दर्जनभन्दा बढी समूहमा विभाजन भएको छ ।

पार्टीभित्र रहेका अन्य समूहलाई मात्र होइन, निकटकालाई पनि मिलाउन नसक्दा देउावले नेतृत्व सम्हालेको नौ महिनासम्म सबै निकाय रिक्त छन् । उपसभापति, महामन्त्री, सहमहामन्त्री मनोनयनसहित विभाग र अन्य निकाय गठन प्रक्रिया समेत शुरु भएको छैन आजको नागरिक दैनिकमा सामाचार छ ।

प्रकाशित मिति: ५ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्