प्रचण्ड र ओली, देउवा र बामदेववीच सभामुख कै अगाडी चर्काचर्की



काठमाडौँ, पुस ५
संसद्को गतिरोध अन्त्य गर्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको सामेबार बसेको बैठक बिनानिश्कर्ष टुंगिएको छ । संविधान संशोधन विधेयकबारे सत्तापक्ष र प्रतिपक्षले आ–आफ्नो अडान नछाड्दा बैठक निश्कर्षविहिन बनेको हो ।

बैठकमा शीर्ष नेताहरुबीच चर्काचर्कीनै परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले निरन्तर संसद् अवरोधको आलोचना गरेपछि नेकपा एमाले अध्यक्ष केपी ओलीले पनि त्यसको प्रतिवाद गर्दै ‘प्रधानमन्त्रीको ओहदामा बसेर अशोभनीय अभिव्यक्ति नदिन’ सचेत गराएका थिए ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले उपाध्यक्ष बामदेव गौतमबीच पनि चर्को विवाद भएको थियो । बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेलले भने देउवाभन्दा फरक धारणा राखेका थिए ।

एमालेले हिजो बसेको बैठकमा संशोधन प्रस्ताव फिर्ता लिए मात्र सहमति हुने स्पष्ट पारेको छ ।आजको कान्तिपुर दैनिकमा सामाचार छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News