क्याट्रिनासँगको ब्रेकअपपछि रणवीरले यस्तो गरे खुलासा


 


एजेन्सी ।
कुनै बेलाका उदाहरणीय जोडी अभिनेता रणवीर कपुर र अभिनेत्री क्याट्रिना क्याफको दुरी बढेको लामो समय भइसक्यो । तर पनि, उनीहरुको सम्बन्धका बारेमा सकारात्मक र नकारात्मक दुबै किसिमका चर्चा भइराखेकै हुन्छन् ।

सम्बन्धमा बढेको दुरीपछि पनि रणवीर र क्याट्रिना दुबैले आ—आफ्नै किसिमका पीडा महसुस गरेकै होलान् । यही सेरोफेरोमा रणवीरले पहिलो पटक अभिनेत्री क्याट्रिना कैफसँग आफ्नो ब्रेकअप भएको सम्बन्धको बारेमा खुलासा गरेका छन् । उनले आफ्नो सम्बन्ध भ्रमका कारण समाप्त भएको खुलासा गरेका छन् ।

फिल्म ‘जग्गा जासुस’को सुटिङको क्रममा उनीहरुको ब्रेकअप भएको थियो । रणवीरले अहिले आफू नितान्त एक्लो भएको र यस्तो क्षण पीडादायी भएको बताएका छन् । एक्लो हुनुमा कुनै पनि मज्जा नभएको र अरु कसैलाई आफ्नो कुरा सेयर गर्न पाउँदा सम्हालिएको महसुस गर्ने गरेको बताएका छन् ।

रणवीर भन्छन्, ‘जब म सम्बन्धमा थिएँ तब मेरो सम्बन्ध भ्रमको शिकार भएको थियो । अहिले म यो सम्बन्धमा छैन म चाहन्नँ कि मानिसहरुले पुनः यसलाई गलत तरिकाले नबुझुन् । त्यसकारण मैले यसको सम्मानजनक अन्त्य गर्न चाहन्छु । मैले यो सम्बन्धमा जे महसुस गर्छु, त्यो इज्जत दिएर यसलाई सम्मान दिन चाहन्छु ।’

प्रकाशित मिति: ५ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्