संविधान संशोधन प्रस्ताव विरुद्ध परेको रिटमाथि सर्बोच्च अदालतले दुवै पक्षसँग छलफल गर्दै


 


काठमाडौं, पुस ५

सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधनको विरुद्ध परेको रिटमा अन्तरिम आदेश दिने नदिने विषयमा सर्बोच्च अदालतले आज दुवै पक्षसँग छलफल गर्दैछ ।

गैरसम्वद तरीकाले संविधान संशोधन गर्न लागेको भन्दै त्यसलाई रोक्न माग गर्दै परेको रिटमाथि सर्बोच्च अदालतले आज दोस्रो पटक सुनुवाई गर्न लागेको हो ।

सर्बोच्चले संशोधन प्रक्रियाविरुद्ध अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा रिट निवेदक र सरकार पक्षसँग छलफल गर्न भन्दै आजका लागि पेशी तोकेको हो ।

न्यायदिश जगदिश शर्मा पौडेलको एकल इजलासले रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै संविधान संशोधन गर्न खोज्नुको प्रयोजनबारे लिखित जवाफ पेश गर्न यसअघि प्रधानमन्त्री सभामुख लगायत विपक्षीलाई आदेश जारी गरेको थियो ।

असन्तुष्ट पक्षको माग सम्बोधन गर्न भन्दै सरकारले संसद सचिवालयमा संशोधन विधेयक दर्ता गराएपछि दलहरुबीच तीव्र धु्रवीकरण बढिरहेका बेला हुन संशोधन प्रस्तावविरुद्ध अन्तरिम आदेश जारी हुने या नहुने भन्ने कुरा महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति: ५ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्