किन जाँदैछन प्रधानमन्त्री आज पश्चिम नेपाल ?



काठमाडौं, पुस ५

पश्चिम नेपालका विभिन्न जिल्लामा आयोजना हुने कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल आज त्यसतर्फ जाँदैछन ।

प्रधानमन्त्री दाहालले आज बिहान साढे ११ बजे हुम्लाको हिल्सामा पुल उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका स्वकीय सचिव मनोहर प्रसाद तिम्सिनाले जानकारी दिए।

त्यसपछि सुर्खेतमा आयोजना हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालले दिउँसो २ बजे सुर्खेतमा नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

विभिन्न कार्यक्रम सकेर दाहाल आजै साँझ काठमाडौ फर्किने कार्यतालिका रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News