राप्रपाले गर्याे ७० जिल्लामा पार्टी एकीकरण



काठमाडौँ, पुस ५

राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेसम्म ७० जिल्लामा एकीकरण सम्पन्न गरेको छ । सो पार्टी तथा राप्रपा नेपालका बीचमा गत मङ्सिर ६ गते एकीकरण भएपछि दुवै पार्टीको जिल्ला तहदेखि नै एकीकरण सुरु गरिएको हो ।

गत मङ्सिर २५ गतेभित्र जिल्ला तहको एकीकरण पूरा गर्ने भनिएको भए पनि प्राविधिक कारणले निर्धारित समयमा एकीकरण प्रक्रिया पूरा गर्न नसकेकाे राप्रपाले जनाएकाे छ  ।

विभिन्न १२ जिल्लामा दुई पार्टीका बीचमा कसले नेतृत्व लिने भन्नेबारेमा विवाद समेत भएको थियो । त्यस्ता विवादित जिल्लामा महाधिवेशनको समय अवधिसम्म आलोपालो गरी दुवै पक्षबाट नेतृत्व लिने समझदारी कायम भएको छ ।

पार्टीले तत्कालीन पाँचै विकास क्षेत्रमा आधारित भई क्षेत्रीय बैठक तथा सभा समेत सुरु गरिसकेको छ । गत मङ्सिर ३० गतेदेखि यही पुस १८ गतेसम्म बैठक तथा सभा जारी रहने राप्रपाले जनाएकाे छ ।

अब करिब एक साताभित्र एकीकरण सम्पन्न गरी महाधिवेशनका लागि प्रतिनिधि छनोटलगायत आवश्यक अन्य तयारी गरिनेछ । आगामी फागुनमा महाधिवेशन गर्नका लागि निर्णय भइसकेको छ ।

मुलुकको चौथो शक्तिका रुपमा स्थापित सो पार्टीमा अहिले ३७ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News