छोरालाई जन्म दिएर आमा बनिन् करीना



काठमाडौँ, पुस ५

बलिउड अभिनेत्री करीना कपूर आमा बनेकी छिन् । भारतको एक अनलाईनमा प्रकाशित खबरका अनुसार उनले छोरालाई जन्म दिएकी छिन् । उनले आज बिहान १० बजे ब्रिच अस्पतालमा छोरालाई जन्म दिएको बताईएको छ ।

अहिले उक्त अस्पतालमा करीनाका पति अभिनेता सेफ अली खान, दिदी करिश्मा कपूर, सासुआमा शर्मिला टेगोर लगायत कपूर र खान खानदानको उपस्थिति रहेको छ ।

सेफ र करिनाले अक्टूबर २०१२ मा प्रेम विवाह गरेका थिए । करीना पहिलो पटक आमा बनेकी छिन् । तर सेफ भने अमृता सिंहसँग विवाह गरेर दुई सन्तानका पिता बनिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News