Deshko News
६ आश्विन २०८०, शनिबार

के राखिन करिनाले छोराको नाम ?



एजेन्सी, पुस ५

करिना कपुर आमा बनेकी छिन । मंगलबार बिहान ७:३० मा मुम्बईको बिच क्याण्डी अस्पतालमा उनले छोरा जन्माएकी छिन् । आमा छोरा दुवै स्वस्थ छन् । छोराको नाम तैमूर अली खान पटौदी राखिएको छ। करिनाको पहिलो छोरा तैमूर सेफ अली खानको भने तेस्रो सन्तान हो। सैफको पहिलो पत्नी अमृताबाट एक छोरी सारा र एक छोरा इब्राहिम छन् । यो भन्दा अघि चर्चा चलेका थिए कि करिना आफ्नो सन्तानको नाम सैफीना राख्नेछिन्। पछि सेफले यस्तो खबरको पछि नलाग्न बताएका थिए।

मंगलबार सेफ र करिनाले संयुक्त वक्तव्यमा छोराको नाम तैमूर राखेको बताएका हुन्। तैमूर एक तुर्की शासक थिए। भारतमा मुगल साम्राज्य सुरु गर्ने बाबर तैमूरको पाँचौ वशंज थिए। तैमुर मुस्लिम समुदायमा प्रचलनमा रहेको नाम हो । यसको अर्थ हुन्छ फलाम वा अति बलियो वस्तु। यो शब्द अरबी भाषाबाट आएको मानिन्छ।

यो पनि पढनुहोस्

छोरालाई जन्म दिएर आमा बनिन् करीना

प्रकाशित मिति: ५ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News