संविधान संशोधन विधेयकलाई कुनै पनि हालतमा अघि बढ्न नदिने -ओली


 


काठमाडौं,   पुस ६

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई कुनै पनि हालतमा अघि बढ्न नदिने बताएका छन ।

आज बिहान आफ्नै निवास बालकोटमा पूर्व सांसद मञ्च नेपालका प्रतिनिधीहरुसँगको भेटमा ओलीले सरकारले चुनाव घोषणा गरेमा भने साथ दिने  बताए । ओलीले सरकार चुनाव नगराउने नियतबाट अघि बढेको आरोप समेत लगाए ।

वर्तमान सरकारको काम निर्वाचन गरेर संक्रमणकाल टुंग्याउनु भएको भन्दै ओलीले  केही दलको चहानालाई पूरा गर्न सरकारले आफ्नो अधिकार र कर्तव्य भुलिरहेको धारणा राखे ।

भेटमा पूर्व सांसदहरुले दुई ठूला दल कांग्रेस र एमालेलाई मिलेर मुलुकको समस्या समाधान गर्न सुझाव दिएका थिए । पूर्वसांसद मञ्चका अधयक्ष ओमकार श्रेष्ठले एमालेलाई आफ्नो अडानबाट पछि नहटी सरकारले ल्याएको संसोधन प्रस्तावलाई विफल पार्न आग्रह समेत गरे ।

प्रकाशित मिति: ६ पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्